आन्तरिक मामिलामन्त्री सिंहको निधनमा आज सुदूरपश्चिममा शोक बिदा
काठमाडाैं | असार ६, २०८०
दुर्घटनामा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको ज्यान गए पछि आज सुदूरपश्चिम प्रदेशमा शोक बिदा दिइएको छ ।
आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने छ ।
गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री चढेको सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै हिजो दुर्घटना भएको थियो ।
दुर्घटनामा मन्त्री सिंहसहित उहाँकी श्रीमती अमृता र भाउजु जयादेवी सिंहको ज्यान गएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

